क्रिकेटखेल

आइसिसी विश्वकप लिग २ : नेपालले नामिबियासँग दोस्रो खेल खेल्दै

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को खेलमा आज नेपालले नामिबियाको सामना गर्दैछ । नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित शृङ्खलाअन्तर्गत नेपालले आज नामिबियासँग दोस्रो खेल खेल्न लागेको हो ।

जारी शृङ्खलाअन्तर्गत नामिबियासँग भएको पहिलो खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सको उट्रेचमा हुने खेल नेपाली समयअनुसार दिउसो २ः४५ बजे सुरु हुनेछ । आज नेपाल नामिबियालाई पराजित गर्दै शृङ्खलामा पहिलो जित दर्ता गर्ने योजनाको साथ मैदान उत्रदै छ भने नामिबिया पनि नेपाललाई दोस्रो खेलमा पनि पराजित गर्ने सुरमा रहेको छ ।

नामिबियासंग पहिलो खेलमा पराजित भएको नेपाल दोस्रो खेलमा नेदरल्यान्ड्ससंग ६ विकेटले पराजित भएको थियो । नेपाली टोलीका लागि विश्वकप ग्लोबल छनोटमा पुग्न गणितीय सम्भावना बाँकी राख्न योसँगै यसपछिको सबै खेल जित्नु पर्ने हुनेछ । लिग २ को शीर्ष ४ मा पर्न सके नेपाल ओडीआई विश्वकप छनोटमा सिधै प्रवेश गर्नेछ भने शीर्ष ६ मा परे ओडीआई स्टाटस जोगिनेछ ।

यसअघि नेपालले लिग २ अघि तयारीस्वरुप जर्सीसँग दुई खेल खेलको थियो । जसमा नेपालले दुई खेल मा विजयी भएको थियो । लिग २ अंकतालिकामा नेपाल ३० खेलबाट २४ अंकसहित पाँचौं स्थानमा रहेको छ भने समान खेलमा २४ अंक जोडेको नामिबिया सातौं स्थानमा रहेको छ ।

नेपाली टिम

रोहित पौडेल (कप्तान) दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल, विनोद भण्डारी ।

रिजर्भ खेलाडी

सन्दीप जोरा, साहब अलाम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.