एन आर एन न्युज

नागरिकताको विवाद छिट्टै टुंगो लाग्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली नागरिकता लगायतका विषय संविधानमा व्यवस्था भए बमोजिम छिट्टै टुंगो लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज गैरआवासीय नेपाली संघ (एनआएनए)का अध्यक्ष कुमार पन्त नेतृत्वको प्रतिनिधि मण्डलले भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो ।

भेटमा अध्यक्ष पन्तले प्रधानमन्त्री देउवालाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै हालसम्म संघले नेपाल सरकारसँग गरेको सहकार्यबारे स्मरण गराउनुभएको थियो ।

अध्यक्ष पन्तले सो अवसरमा लामो समयदेखि संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभएको थियो । त्यसको प्रतिउत्तरमा प्रधानमन्त्री देउवाले छिट्टै यस विषयलाई टुंगोमा पुर्याउने बताउनुभएको हो ।

भेटमा अध्यक्ष पन्तले पछिल्लो विषम अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार, नेपाल ल्याइएका श्रमिकहरुको पुर्नस्थापना लगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन समेत आग्रह गर्नुभयो ।

यस्तै सो अवसरमा उपस्थित संघका पूर्व अध्यक्ष जीवा लामिछानेले बेलायतमा रहेका बिट्रिश गोर्खाको सत्याग्रहको विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै उनीहरुको समस्या समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक रुपमा पहल गरिदिन आग्रह गर्नुभयो ।

भेटका क्रममा संघका उपाध्यक्षद्वय सोनाम लामा, रविना थापा, गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थय समितिका संयोजक डा संजिव सापकोटा, संघका कार्यकारी प्रमुख राजेश राणा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.