"पिपिई, पिसिआर पर्याप्त भयो अब औषधि खोई भन्दै बिरोध गर्छन्"- मन्त्री ढकाल

नेपालमा चीनबाट आएका एक व्यक्तिमा कोरोना लक्षण देखिएपछि परीक्षणका लागि हङकङ पठाइएको थियो । त्यतिबेला नेपालमा कोभिड परीक्षण गर्ने सुविधा थिएन तर अहिले दैनिक १८ हजारभन्दा बढी परीक्षण गर्नसक्ने क्षमता विकास भएको छ ।
नेपालमा कोरोना संक्रमण बढ्दै जान थालृपछि अहिले ३२ वटा सरकारी ल्याव बनाएर १८ हजार ५ सय स्वाव परीक्षण गर्न सक्ने क्षमता विकास गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताउनुभएको छ ।
त्यसै गरी ८ बटा ए लेभलका निजी ल्याबलाई पनि परीक्षण अनुमति दिइएको र ती ल्यावमा दैनिक ३ हजार स्वाव परीक्षण गर्न सकिने क्षमता रहेको र आवश्यक परे अव दैनिक २२ हजार पिसिआर परीक्षण गर्न सकिने क्षमता देशभर रहेको छ ।
तर सरकारले केही गरेन भन्दै बिरोध गर्नेहरु सक्रिय छन् । विपक्षीभन्दा सत्तापक्षकै नेताहरु बढी बिरोधमा उत्रिरहेका बेला मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आक्रोश पोख्दै भन्नुभयो ‘हिजो पीपीई भएन भनेर गीत गाइयो, पीपीई पर्याप्त भयो अनि पिसिआर भएन भनेर अर्को गीत बनाइयो, मलाई थाहा छ, अब औषधि खोइ ? भेन्टिलेटर खोइ भनेर गीत बनाएर घन्काइन्छ ।’
परोपकार प्रसुती गृह थापाथलीको ६१ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दैं मन्त्री ढकालले सरकारले कोभिड—१९ विरुद्ध सही रुपमा काम गरिरहेको भन्दै विरोधीहरुले अनावश्यक विषयवस्तु उचालेर भ्रम सिर्जना गर्न खोजेको तथ्य राख्नुभयो ।
मन्त्री ढकालले भन्नुभयो विरोधीहरुले विरोध गरेतापनि जनताको स्वास्थ्यको लागि सरकार कटिवद्ध छ । सरकार स्वास्थ्यकर्मीले गरेको प्रयास सह्रानीय रहेको आफ्नो निश्कर्ष सुनाउनु भयो । कोभिड—१९ लाई राजनीतिक प्रतिशोधको विषयबस्तु बनाएको भन्दै आफ्नै पार्टीका नेताहरुप्रति अप्रत्यक्ष रुपमा उहाँले असन्तुष्टी जनाउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्