राजनीति

प्रतिनिधिसभाको विशेष समयमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतको विषयमा सरकारको ध्यानार्कषण

प्रतिनिधिसभाका सांसदले पर्वतारोहणका समस्या, श्रमिकको भोगाइदेखि जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानार्कषण गराउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उहाँहरूले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, वैदेशीक रोजगार, बजार अनुगमनलगायत विषयमा ध्यानार्कषण गराउनुभएको हो ।

प्रतिनिधिसभाको विशेष समयमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगात्को विषयमा सरकारको ध्यानार्कषण

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शोभा खनालले पर्यटन व्यवसायलाई व्यवस्थीत गर्नुको साथै नेपालमा अन्तरराष्ट्रियस्तरको पर्वतारोहण एकेडेमी स्थापना गर्न सरकार समक्ष माग गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद सन्तोष सुब्बाले संसदका कामकारवाहीलाई प्रभावकारी बनाउने विषयमा जोड दिनुभयो । उहाँले प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने माग गर्नुभयो ।

नेकपा (एमाले)का सांसद छितिज थेवेले वैदेशीक रोजगारमा श्रमिकले भोग्नु परेका समस्याका बारेमा जानकारी गराउँदै हाल बजारमा देखिएको ग्यास अभाव बारेमा सरकारको ध्यानार्कषण गराउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेशकुमार मल्लले भारतमा रहेका नेपालीका गुनासो सुनवाइका लागि चौविस घण्टा सञ्चालन हुने प्रभावकालीन सहायता संयन्त्र निर्माण गर्न माग गर्नुभयो । श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बुले पर्वतारोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार समक्ष आग्रह गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्वु ओलीले नेपाली कार्पेट, धागो र कार्पेट कारखानामा काम गर्ने श्रमिकले भोग्नुपरेको शारिरिक, मौखिक र मानसिक शोषणबाट पीडित भएको घटना सुनाउँदै श्रम निरिक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

रास्वपाका सांसद प्रमिला कुलुजुले सिन्धुपाल्चोकको जोखिमपुर्ण खानी बस्तीको व्यवस्थापन गर्न माग गर्नुभयो । काङ्ग्रेसका सांसद शाहजान खातुनले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको कार्य क्षेत्र सुरक्षित र मर्यादित बनाउन आग्रह गर्नुभयो ।

एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले देश व्यापी रूपमा ग्यास अभाव बढेको बताउँदै सरकारले समाधानका लागि प्रभावकारी काम गर्नुपर्ने बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टीका सांसद निराशा चौधरी (डगौरा)ले मुक्त कमैयाको पुनःस्थापनाकार्यमा जोड दिन आग्रह गर्नुभयो ।

रास्वपाका सांसद केपी खनालले कर्णाली र सुदुरपश्चिमको विकास समृद्धिका लागि काम गर्न माग गर्नुभयो । कांग्रेसका हरिनादेवी कामीले डडेलधुराको पूर्वाधार विकासको अवस्थाबारे जानकारी गराउँदै दिगो व्यवस्थापनका लागि काम गर्नुपर्ने बताउनुभयो ।

रास्वपाका सांसद जनकसिंह धामीले सीमा क्षेत्र व्यवस्थापनबारे सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो । कांग्रेसका सांसद रेखाकुमारी यादवले नागरिकका दैनिक आवश्यकताका विषयमा संबोधन गर्न आग्रह गर्नुभयो ।

रास्वपाका नरेन्द्र साह कलवारले सरकारले शिक्षा, स्वास्थ्य, कृषि, व्यवसायलगायत क्षेत्रमा जनभावना अनुरूप सेवा प्रदान गर्नु प्रमुख दायित्व हुनुपर्ने सुनाउनुभयो । रास्वपाका सांसद ज्ञानेन्द्रसिंह महताले दुई पाङ्ग्रे विद्युतीय सवारी साधनको दर्ता प्रक्रिया व्यवस्थीत गर्न सरकार समक्ष माग गर्नुभयो ।

बैठकमा सांसद माधवबहादुर थापा, पुष्पाकुमारी चौधरी, बुद्धिप्रसाद पन्थ, हरिमोहन भण्डारी, विक्रम थापा, अशोककुमार चौधरी, सोम शर्मा, धर्मराज केसी, मधुकुमार चौलागाईलगायतले समसामयिक विषयमा धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.