चौथो अङ्ग कि चौथो अपराध ?
साँच्चै पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको हल्ली खल्ली काठमाडौंमा मच्चिएको छ । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा नै सामाजिक सन्जालाँ उपस्थित भएर किशोरको पक्राउकोा जानकारी दिंदै बिरोध गरिन् ।
पक्राउमात्र होइन श्रेष्ठको घर खानतलासी अनि उनीमाथि पुलिसले गरेका व्यवहार समेत सिलसिलेबार रुपमा आइरहेकाले पनि सरकार अब पत्रकारमाथि खनिन शुरु गर्या हो कि जस्तो नि देखिन्छ ।
खासगरी यो सरकारलाई नेपालका पत्रकार र पत्रकारसित विश्वाश छैन । त्यसैले पनि रास्वपाले आफ्नो पक्षमा प्रचार गर्न र अरुका विरुद्ध अरिङ्गाल खनिएझैँ खनिन संसारका १ सय २२ वटा देशमा डिजिटल नेटवर्किङ गराइएको र तिनकै माध्यमले रास्वपा वा बालेन र रविबिरुध्द कुनै पनि दलले सामान्य कुरा उठाउने बित्तिकै तिनका विरुद्ध सामाजिक सन्जालाँ एकै पटक छरपस्ट गालि आउँछ र सामाजिक सन्जाल हेर्नेहरु अतालिन्छन भन्ने गर्या सुनिया छ ।
साँच्चै कुरो के रैछ त भनेर कैले काईँ यसो सामाजिक सन्जाल हेर्यो भने पनि त्यहाँ लेखिया तथा कमेन्ट गर्या कुरा पढ्यो भने त साच्चिकै होइछ कि क्या जस्तो नि लाग्छ । फेरि यसो सोच्यो रवि त फेरि पत्रकार अनि पत्रकारिताटै राजनीतियाँ आका अनि उनकै पाटी सरकाराँ भाको बेलाँ पत्रकार र पत्रकारितामाथि किन खनियलान र जस्तो पनि लाग्छ ।
तर, पत्रकारलाई पक्राउ गरेको ३ दिन हुन लागि सक्दानि र महासंघबाट पक्राउको विरोध भैसक्दा समेत रविको प्रेस विज्ञप्ति नआउनु र यसबारे बालेनले समेत कुनै स्ट्याटस नलेखिनुले सत्तासिन दुबै नेता पत्रकार पक्राउमा सहमत छन् कि जस्तो देखिन्छ ।
अन्यथा, हिजो आफ्नो सत्ता नहुँदा सरकारले पत्रकारमाथि सामान्य कुदृष्टि राख्दा नि पत्रपत्रिका र टेलिभिजनबाट सरकारको विरोध गरेर नथाकने रवि ऐले आफ्नो सरकार हुँदा नबोल्नुको पछाडि कतै उनी पनि चौथो अङ्गमाथि जाइलाग्ने नै नीति बनाएर स्वतन्त्र प्रेसमाथि हाबी हुनै खोजेका हुन कि जस्तो पनि देखिन्छ ।
ऐलेको सरकार सत्तामा आउने बित्तिकै निजी रुपमा संचालित पत्रपत्रिकालाई विज्ञापन नै नदिने नीति लिएर सरकारले जसरी निजिक्षेत्रको पत्रकारितामा धावा बोल्यो ।
त्यसबेलादेखि नै बालेन सरकार आफ्नो पाटी र आफ्नो समर्थनका लागि स्थापना गरिएका डिजिटलबाहेक अरु संचार माध्यमलाई नमान्ने र आफ्ना गतिविधि पूरै सामाजिक सन्जालबाटनै सार्बजनिक गर्ने र बिकल्पका रुपमा केही अनलाईनहरुलाई सक्रिय बनाउने र तिनैबाट काम गर्ने नीति लिएको पनि देखिन्छ ।
अर्कोतिर हिजोदेखि संचालित पत्रपत्रिका र अनलाईनहरुलाई कसरी तह लगाउने भन्ने योजना बनाएर आफू र आफ्नो सरकार वा पाटी विरुध्द समाचार लेख्ने वा लेख्दै आइरहेका र आँफुलाई चित्त नबुझेका पत्रकारहरुलाई ठिक गर्न उनीहरुका समाचारको चेवन गरेर आइरहेका बेला पत्रकार किशोर श्रेष्ठले पत्रिकामा महिलाको तस्बिर सहित समाचार बनाउनु तथा उपसभामुखले पहिले नै किशोर श्रेष्ठ विरुद्ध उजुर दिनुले पनि किशोर सरकारको घेराबन्दीमा परेको जस्तो लाग्दछ ।
यहि बेला फेरि बजारमा ग्याँस अभाव रहेको र सरकारले ग्याँस पुर्याउन नसकेको भनेर सरकारको कमजोरी खोतलि रहँदा सरकार पनि यै मौकामा पत्रकारसित रिस पोख्ने अवसर खोज्दा स्वतन्त्र प्रेसका नाममा एमालेहरु पनि पत्रकाहरुसित सडकमा आए भने द्वन्द्व चर्किन सक्छ । त्यसैले सरकार आबेगमा नआई यसको समाधान खोज्नुपर्छ ।
अन्यथा, महासंघको छातामुनि बसेर देशभरका पत्रकारहरु सडकमा आए भने देश अशान्त बन्न सक्छ । यसकारण पनि सरकारले बेलैमा सोचोस । यो द्वन्द्व चर्काउने कि साम्य पार्ने ? पाटी अध्यक्ष रविको हातमा छ ।




प्रतिक्रिया राख्नुहोस्