विश्व समाचार

राष्ट्रपतिले खेलांची ठान्दा ब्राजिलले भोगेको नियति : सबैका लागि गतिलो पाठ

सत्ताको उन्मादमा चढेर कोरोना भाइरस संक्रमणलाई वेवास्ता गर्दा आज ब्राजिल विश्वमा अमेरिकापछि सबैभन्दा बढी संक्रमित र मृत्यु हुने देशमा परेको छ । वैशाखको पहिलो साता त्यहाँ कोरोना संक्रमण देखिंदा राष्ट्रपति जेयर बोल्सोनारोले कोरोना भाइरसको त्रासलाई अतिरन्जित गरिएको दावी गरेका थिए ।

राष्ट्रपतिको दावी गलत भएको भन्दै संघीय, राज्य र स्थानीय तहका अरु अधिकारीहरुले भने कोरोनाको खतरा यथार्थपरक रहेको बताउँदै आए पनि कोरोना महामारीलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा ब्राजिलमा राजनीतिक तहबीच गहिरो मतान्तर रहँदा आज त्यहाँको स्थिति भयावह छ ।

ब्राजिलले अमेरिकी राष्ट्रपतिकै सिको गरेर कोरोना सामान्य हो भन्दा जसरी अमेरिका आक्रान्त भयो अहिले ब्राजिल अमेरिकाको पछिपछि संक्रमण र मृत्युको बाटोमाा लागेको छ । शुक्रबार मध्यान्हसम्म त्यहाँ ३२ लाखभन्दा बढी संक्रमित भएको छन् भने एकलाख बढीको मृत्यु भएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको समाचारअनुसार बिहीबार रातिसम्म यहाँका ३२ लाख २४ हजार ८७६ जना नागरिक कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।

स्वास्थ्य अधिकारीहरुले अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३२ लाख नाघेको र पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा ६० हजार ९१ नयाँ सङ्क्रमित फेला परेका छन् ।

त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १ लाख नाघेको जनाइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले यहाँ यो महामारीको प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ५ हजारभन्दा बढी देखिएको छ ।

अधिकारीहरुले पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसबाट १ हजार २६२ जनाको मृत्यु भएको बताएका छन् । ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोले बार, रेस्टुरेन्ट, ब्युटीपार्लर, सैलुनहरु खोल्ने तयारी गरिरहेको बताइएको छ । यस अवस्थामा ब्राजिलमा कोरोना भाइरसका सक्रमितको संख्या झन् बढ्न थालेको हो ।

रियो डि जेनेरियोमा भने केही बजार, पसल,बार र रेष्टुरेन्ट खुलिसकेको बताइएको छ । ब्राजिल विश्वमा कोरोना भाइरसबाट धेरै प्रभावित हुने मुलुकहरुमा पर्दछ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.