जन सरोकार

आत्मदाहको प्रयासपछि सहमति कार्यान्वयनको तयारी

कुमारी आमा निहारिकासंग गत असारमा भएको ५ बुँदे सहमति कार्यान्वयन नभएपछि गत शुक्रबार राष्ट्रपति भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेपछि सरकार सहमति कार्यान्वयनमा जुटेको छ ।

गृह मन्त्रालयले सरकारका तर्फबाट भएका सहमति कार्यान्वयनका लागि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, अर्थ मन्त्रालयसँग समन्वय भइरहेको र केही दिनभित्र माग सम्बोधन हुने जनाएको छ।

गत असार ३ गते सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले आमरण अनसनरत निहारिकासँग पाँच बुँदे सम्झौता गर्नुभएको थियो तर सरकारले आफूसँग गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै निहारिकाले शुक्रबार आत्मदाहको प्रयास गर्नुभएको थियो।

पेट्रोल खन्याएर शरीरमा आगो लगाउने क्रममा निहारिकालाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो। उहाँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

न्यायका लागि आफ्नै शरीरमा आगो लगाउनुपर्ने ?

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले राज्य र निहारिकाबीच भएको पाँच बुँदे सहमति कार्यान्वयनमा गृह मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले सहमतिका कतिपय विषय अन्य मन्त्रालयसँग समेत जोडिएको र समन्वयका क्रममा केही ढिला भएको स्वीकार गर्दै उहाँले भन्नुभयो ‘‘पाँच बुँदे सहमति कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको छ। केही दिनभित्रै सहमति कार्यान्वयन हुन्छ।’’

उहाँले राज्यका तर्फबाट भएका समहति कार्यान्वयन गरी पीडितलाई न्याय दिलाउन गृह मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनालीकुमारी सिंह ‘निहारिका’ले आफू १७ वर्षको नाबालिक हुँदै बलात्कृत हुनुभएको दाबी गर्नुभएको छ।

जनकपुरका शिवराज श्रेष्ठले निहारिकलाई नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप उहाँले लगाउनुभएको छ। बलात्कारबाट जन्मिएको बच्चासमेत २३ महिनाको पुगेको छ। उहाँले शिवराज र बच्चाको डीएनए परीक्षणको माग गर्दै आउनुभएको छ।

यसै क्रममा गर्दै उहाँ गत जेठ २७ गते काठमाडौँको वसन्तपुरमा आमरण अनसनमा बस्नुभयो। नाबालक बच्चा काखमा च्यापेर अनसनरत निहारिकाको स्वास्थ्य अवस्था जटिल बनेपछि गृहमन्त्री बालकृष्ण खाणले गत असार ४ मा पाँच बुँदे सहमति गरी निहारिकको अनसन अन्त्य गराउनुभएको थियो ।

बलात्कारबाट जन्मेको बच्चाको र आरोपीबीच डीएनए परीक्षण गरी पहिचान गर्ने, नाबालक बच्चाको सुरक्षा, आवास, आर्थिक सहायतालगायत पीडितमैत्री कानुन बनाउने सहमति भएको थियो।

तर सहमति कार्यान्वयनमा सरकार जिम्मेवार नभएको भन्दै साउन २० गतेदेखि उहाँले दोस्रो चरणको आमरण अनसन सुरु गर्नुभएको थियो। अनसनकै क्रममा उहाँले राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास गर्नुभएको हो।

आफूमाथि बलात्कार भएको र बच्चासमेत जन्मिएको प्रमाणसमेत रहेको अवस्थामा न्यायका लागि विभिन्न ठाउँमा भौँतारिनु परेको तथा पीडितलाई नै गलत बनाउने र दोषीलाई चोख्याउने गरी अनुसन्धान अघि बढाइएको आरोप उहाँले लगाउँदै आउनुभएको छ ।

धनुषा जिल्ला अदालतले २०७८ माघ २४ गते अपराधीको पक्षमा फैसला गरी आफूलाई दोषी ठहर्याएपछि जिल्ला अदालतको फैसलाउपर उहाँ उच्च अदालत जनकपुर पुग्नुभयो । गत फागुन १२ गते दर्ता भएको मुद्दामा अहिलेसम्म पेसी तोकिएको छैन ।

निहारिकाको आत्मदाह प्रयासपछि डा. भट्टराईको आक्रोश

डिएनए परीक्षण गर्नेसहित पाँचबुँदे सहमतिपछि तोडियो निहारिकाको अनशन

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.