जल/वातावरण

जाजरकोटमा भेटियोे विश्वमै दुर्लभ हुँदैगएको लोभीपापी

जैविक विविधता राम्रो भएको जाजरकोटमा विश्वमा लोपोन्मुख अवस्थामा रहेको लोभीपापी गरुड फेला परेको छ । जाजरकोट सदरमुकाम नजीकै भेरी नगरपालिका–१ धल्धा, कालेगाउँस्थित भेरीको किनारमा सो गुँड फेला परेको हो ।

बच्चा कोरलेको लोभीपापी यस वर्ष ११ वटा फेला परेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा पक्षी तथा नेपाल पक्षी संरक्षण सङ्घको आजीवन सदस्य गोविन्द सिंहले जानकारी दिनुभयो ।

धल्दा, कालेगाउँ नजीकै नदीको किनारमा बथानमा खेल्दै गरेको अवस्थामा आफूले लोभीपापी गरुड भेटाइएको अधिकृत सिंहले जानकारी दिनुभयो । यसअघि सुर्खेतमा पनि १० वटा सो प्रजातिका गरुड भेटिएका थिए ।

जाजरकोटमा विश्वमा दुर्लभ जनावर रेडपान्डा तथा दुर्लभ पक्षी चिरकालीज, सुन गिद्ध र सेतो गिद्धको बास रहेको पाइएको सिंहले बताउनुभयो ।

बारेकोट र कुशे गाउँपालिका तथा भेरी र नलगाड नगरपालिका विश्वमै दुर्लभ जनावर तथा पक्षीको बासस्थान भए पनि यहाँको जङ्गल क्षेत्र मासिँदै गएकाले दुर्लभ जनावर तथा पक्षी लोप हुँदै गएको उहाँको भनाइ छ । विसं २०७० देखि पक्षी तथा वन्यजन्तुको एकल संरक्षण अभियानमा जुटेका सिंहले १२ वन्यजन्तु, २७ पक्षी र छ गिद्धको उद्धार गरी व्यक्तिगत खर्चमा उपचार गरेर जङ्गलमै लिएर छाडिसक्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.