कुवेतमा विषाक्त मदिरा सेवनबाट १६ नेपालीको मृत्यु
मदिरा, लागुऔषध उत्पादन, ओसारपसार र बिक्रि वितरण पूर्णतः प्रतिबन्धित खाडी मुलुक कुवेतमा विषाक्त मदिरा सेवनका कारण १६ जना नेपालीको मृत्यु भएको छ ।
नेपाल पत्रकार महासंघ कुवेतले एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो । समाचार अनुसार अति प्रज्वलनशील पदार्थ मेथानोल मिस्रित मदिरा सेवनबाट नेपाली कामदारको मृत्यु भएको हो।
गत सातादेखि हालसम्म कुवेतको विभिन्न स्थानमा २३ जना आप्रवासी श्रमिकको मृत्यु भएकोमा तीमध्ये १६ जना नेपाली रहेको पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल र सदस्य आङकाजी शेर्पाले शुक्रबार एक विज्ञप्तिमा जनाइएको छ ।
विषाक्त मदिरा सेवनका कारण गम्भीर बिरामी भएका १ सय ६० भन्दा बढीको अस्पतालमा सघन उपचार भैरहेको छ। कुवेतमा नेपालीसहित मुख्यतः एशियाली मुलका नागरिकहरु अवैध मदिरा ओसारपसार र सेवनमा संग्लग्न रहने गरेको पाइएको छ ।
महासंघले कुवेतमा कार्यरत सम्पूर्ण नेपालीहरुलाई लागूऔषध, अवैध मदिरा सेवन, ओसारपसार र विक्री वितरणमा संलग्न नहुन आग्रह गरेको छ ।





प्रतिक्रिया राख्नुहोस्