एन आर एन न्युज

फिर्ता भएको नागरिकता विधेयकमा एनआरएनएप्रति कुनै समस्या छैन

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)का कोषाध्यक्ष सुनिल शाहले नागरिकता विधेयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैरआवासीय नेपालीलाइ आग्रह गर्नुभएको छ ।

आइतबार अमेरिकाको टेक्सस युलेशस्थित रिपोटर्स क्लव नेपालको अमेरिका शाखा कार्यलयमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै आईसीसी कोषाध्यक्ष शाहले फिर्ता भएको नागरिकता विधेयकमा एनआरएनए नेपालीको अधिकारप्रति कुनै पनि समस्या नरहेको जानकारी दिंदै नेपाल सरकारको कानुनी प्रकृयालाई सकारात्मक रुपमा बुझ्न अनुरोध गर्नुभएको हो ।

नागरिकता विधेयक फिर्ता, एनआरएनएको धारणा विषयक साक्षात्कार कार्यक्रममा प्रमुख वक्ताका रुपमा सहभागी शाहले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधि सभामा फिर्ता भएको नागरिकता विद्ययक गैरआवासीय नेपालीको नागरिकता सम्बन्धमा नभई अंगिकृत लगायतका अन्य नागरिकताका विषयमा रहेकाले चिन्ता गर्नुपर्ने कुनै कारण नभएको बताउनुभएको हो ।

शाहले जनप्रतिनिधिहरुबीच घनिभूत छलफलपछि प्रतिनिधिसभाबाट पास भएको बिधेयक भएकाले यसमा चिन्ता गर्नुपर्ने कुनै कारण नभएको उल्लेख गर्नुभएको हो ।

उहाँले भन्नुभयो यो विद्येयक हाम्रै जनप्रतिनिधिहरुले छलफल गरेर पठाएको विहो, कानुनतः रुपमा राष्टपतिले उठाएका प्रश्नमाथि प्रतिनिधिसभाले आवश्यक प्रकृया पूरा गरेर पक्कै पठाउने छ राष्ट्रपतिले स्वीकृत गरेर सहयोग गर्नु हुनेछ ।

कार्यक्रममा शाहले विभिन्न कारणले गैरआवासीय बनेका नेपालीको परिवार, आफन्त, समाज, संस्कार सबै नेपालमा नै रहेकाले आफू जन्मिएको र शिक्षा ग्रहण गरेको माटोप्रतिको उत्तरदायी रहने बताउँदै देशप्रेम मुखले मात्र दर्साएर नभई व्यवहारमा देखाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालको जनकपुरमा जन्मिएका शाहले बिभिन्न कारणले नागरिकता प्राप्त गर्नबाट बन्चित मधेशी समुदायका नयाँ पुस्तालाई समेत वंशजको आधारमा नाता प्रमाणित गर्न चुनौती रहेको बताउँदै मधेशमा नागरिकता समस्या सामाधान गर्न बिधेयकले सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

रिपोटर्स क्लब नेपाल अमेरिका शाखाका अध्यक्ष किशन रेग्मीको अध्यक्षतामा सम्पन्न साक्षात्कार कार्यक्रम महासचिव ओम आचार्यले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.