एन आर एन न्युज

एनआरएनए विश्व सम्मेलनका लागि उच्चस्तरीय समिति

आउँदो कार्तिक ६ देखि ८ गते (२३-२५ अक्टोवर २०२१)मा काठमाडौंमा आयोजना हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं विश्व सम्मेलनका लागिसरकारले उच्चस्तरीय आयोजक समिति गठन गरेको छ ।

प्रत्येक दुई वर्षमा नेपालमा आयोजना हुने गैर आवासीय नेपाली संघको कार्तिकमा दशौ विश्व सम्मेलन तथा नयाँ नेतृत्व चयन हुँदैछ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी शुक्रबार परराष्ट्र मन्त्रीको अध्यक्षतामा विभिन्न सरकारी निकायका अधिकारीहरु सम्मिलित २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको जानकारी दिएको हो ।

समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल लगानी बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, गैर आवासीय नेपाली संघ लगायत अन्य सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधि रहेका छन् ।

सरकारले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पूँजी, प्रविधि, सञ्जाल र पहुँचलाई नेपालको आर्थिक-सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई उच्च प्राथमिकता दिँदै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.