राजनीति

लिपुलेक र लिम्पियाधुरा नेपालको भू-भाग हो, बाहिरी सहमति अस्वीकार्य : विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अविभाज्य भू-भाग भएको बताउँदै नेपालको सहमति बिना कुनै पनि सम्झौता अस्वीकार्य हुने बताउनुभएको छ । विप्लवले बुधबार सामाजिक सञ्जालमा लेख्दै उहाँले यस्तो बताउनुभएको हो ।

विप्लव

त्यस्तै उहाँले भारत र चीनबिच लिपुलेक हुँदै सीमा व्यापार पुनः खोल्ने सहमति नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप भएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “लिम्पियाधुरा नेपालको हो । नेपालको सहमति विना बाहिरबाट प्रयोग गर्न जो कसैले खोजे पनि त्यो नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप हो। यस्तो अत्याचार नेपाली जनताले कहिल्यै स्वीकार गर्ने छैनन् ।”

चीनका विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भदौ ३ गते लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमति गरेका थिए । यता परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी नेपालले सो भूमि नेपालको अखण्ड भू-भाग रहेकाले दुई मुलुकलाई कुनै क्रियाकलाप नगर्न आगह गरेको छ । त्यस्तै मन्त्रालयले नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट रहेको पुनः स्मरण गराएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.