जन सरोकार

निषेधाज्ञा थप्ने तयारी : मर्निङ वाक र इभिनिङ वाक जोखिमपूर्ण, रोक्न बल प्रयोग हुने

राजधानी काठमाडौं उपतयकामा जारी गरिएको निषेधाज्ञा आज (मंगलबार) मध्यरातदेखि सकिंदैछ । सात दिनको निषेधाज्ञाको समीक्षासहित पुनः जारी गर्ने तयारी गर्दै तीनवटै जिल्ला प्रशासन कार्यालय र उपत्यकाका मेयर तथा सुरक्षा निकायका प्रमुखहरुको बैठक बस्दैछ ।

सात दिनको अवधिमा निषेधाज्ञाले कारोना संक्रमणा रोकथाममा निकै सघाउ पुगेको निष्कर्ष सम्बन्ध निकायले गरे पनि यस अवधिमा मर्निङ वाक र इभिनिङ वाकको नाममा आदेश नमान्ने प्रवत्ति बढेकाले अब अटेर गर्नेलाई बल प्रयोग गरिने तयारी समेत भएको छ ।

मंगलबारा बस्ने बैठकले अहिलेसम्मको स्थितिबारे समीक्षालगायत अबको कदमका बारेमा निर्णय लिने छ । काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको बैठकले १० गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि बढाउनेबारे निर्णय गर्नेछ । त्यसअघि प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) र उपत्यकाभित्रका स्थानीय तहसँग पनि यसबारे संयुक्त रूपमा छलफल गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभएको छ ।

यसअघि सोमबार उपत्यका नगरपालिका फोरमले पनि भदौ १५ गतेसम्मका लागि स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै सेवा स्थगनको निर्णय गरेको छ । फोरमले निषेधाज्ञा भदौ १५ गतेसम्म बढाउन पनि सिफारिस गरेको छ । फोरमको सिफारिस मंगलबार प्रशासनसँगको संयुक्त बैठकमा पेस गरिनेछ ।

त्यसो त सोमबार नै भक्तपुर र ललितपुर जिल्ला सुरक्षा समिति र डीसीसीएमसी बैठकले निषेधाज्ञाको अवधि बढाउने निर्णय गरेका छन् । दुवै प्रशासनले आ–आफ्ना निर्णय मंगलबार बस्ने संयुक्त बैठकमा पेस गरिने बताएका छन् ।

निषेधाज्ञाका अवधिमा सडक तथा बजारमा भीडभाड नभए पनि मर्निङ वाक र इभिनिङ वाका नाममा मानिसको भीड बढेको र त्यसो नगर्न बारम्बार आग्रह गर्दा पनि अटेर हुन थालेकोले बल प्रयोग नै गर्न प्रहरीलाई निर्देशन दिइएको काठमाडौंका प्रजिअ दाहालले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘मर्निङवाक, इभिनिङवाक लगायतबाट हुने आउजाउले आफू त जोखिममा परे नै, अरूलाई पनि संक्रमणको दलदलमा फसाउने खतरा भयो, अब अत्ति भयो, केही दिनका लागि घरभित्रै बसेर व्यायाम गर्दा हुन्छ, जथाभावी बाहिर निस्किए बल नै प्रयोग हुन्छ । जसले आदेशको उल्लंघन गर्छ, उसले कैद र जरिवानाको सामना गर्न तयार भए हुन्छ ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.