जन सरोकार
बाढी प्रभावितको उद्धार तथा पुनःस्थापनाको कार्यमा जुट्न मानवअधिकार आयोगका अध्यक्षको अपिल
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले भोटेकोशी नदीमा गएको बाढी प्रभावितको उद्धार तथा पुनःस्थापनाको कार्यमा जुट्नअपिल गर्नुभएको छ ।
अध्यक्ष मगरले बुधबार जारी गर्नुभएको अपिलमा उक्त आग्रह गरिएको हो । अपिलमा भनिएको छ, “विपत्तिको यस कठिन समयमा एक अर्कालाई सहयोग गर्न, उद्धार तथा पुनःस्थापनाकार्यमा आ–आफ्नो स्थानबाट योगदान गर्न नेपाल सरकार, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, आम नागरिक, सुरक्षाकर्मी तथा सबैमा आयोग अपिल गर्दछ ।”
भोटेकोशी नदीमा गएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भौतिक तथा मानवीय क्षतिकामा आयोगले दुःख व्यक्त गरेको छ ।




प्रतिक्रिया राख्नुहोस्