प्रधानमन्त्री बालेन-मोदीको टेलिफोन संवाद : ‘विपद्को घडीमा भारत नेपालको साथमा छ’
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राकृतिक विपद्को कठिन घडीमा भारत सरकार र भारतीय जनता नेपालको साथमा रहेको बताउनुभएको छ ।
बुधबार साँझ प्रधानमन्त्री बालेन्द्र साह (बालेन)संग टेलिफोन संवाद गर्दै प्रधानमन्त्री मोदीले नेपालमा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै सो कुरा बताउनुभएको हो ।
टेलिफोन संवादपछि सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीले लेख्नुभएको छ, “यस कठिन घडीमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइहरूसँग ऐक्यबद्धताका साथ उभिएका छन्।”
उहाँले भारत सरकार नेपाललाई आवश्यक मानवीय सहायता उपलब्ध गराउन तयार रहेको उल्लेख गर्दै उद्धार तथा राहत कार्यमा दुवै देशका सम्बन्धित निकायबीच नजिकबाट समन्वय भइरहेको पनि पनि जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री मोदीले विपद्बाट प्रभावित नागरिकको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि भारतले सम्भव भएसम्मको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।




प्रतिक्रिया राख्नुहोस्