जन सरोकार

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

बुधबार भोटेकोशी नदीमा गएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको शवबाट कानमा लगाएको सुनको मुन्द्रा निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नदी किनारमा रहेको शवबाट सुनको मुन्द्रा निकाल्दै गरेको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले श्रव्यदृश्य सामग्रीमा देखिएका दुई जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रामेश्वर पौडेलका अनुसार श्रव्यदृश्यमा देखिएको विवरणका आधारमा अनुसन्धान गर्ने क्रममा भरतपुर महानगरपालिका-१ पोखरा बसपार्क नजिकबाट नवलपरासीको विनयत्रिवेणी गाउँपालिका-१ घर भई हाल भरतपुर-१ लीलाचोकमा मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका-५ घर भई हाल भरतपुरका-२ पोखरा बसपार्क सुपारीटोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन ल्याइएको प्रमुख पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.