क्रिकेटखेल

दोस्रो खेलमा नेपाल ‘ए’ को सहज जित, आसाम ९६ रनले पराजित

टी–२० श्रृङ्खलाअन्तर्गत भारतको आसामबीच भएको दोस्रो खेलमा नेपाल ‘ए’ विजयी भएको छ । शुक्रबार भएको खेलमा नेपाल ‘ए’ले आसामलाई ९६ रनले पराजित गरेको हो ।

नेपालको जितसँगै पाँच खेलको शृंखला १-१ को बराबरीमा आएको छ । यस अघि भएकोपहिलो खेलमा नेपाल डेकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा आसामसंग १५ रनले पराजित भएको थियो ।

शुक्रबार गुवाहटीमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ७३ रनबनाएको थियाे ।नेपालका लागि सन्दीप जोराले ३५ रन बनाए भने पवन सर्राफ र देव खनालले समान ३१-३१ रन जोडे । त्यस्तै बसिर अहमदले २७ रन जोड्दा विवेकुमार यादवले अविजित २६ र आदिल आलम अन्सारीले १४ रन बनाए ।

आसामका लागि आकाश सेनगुप्ताले तीन विकेट लिए भने अभिनव चौधरीले दुई विकेट लिंदा आयुशमान मालाकार र अभिलश गोगोइको भागमा समान एक-एक विकेट रह्यो । नेपालले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य लिएर मैदान उत्रेको आसाम १५.२ ओभरमा ७७ रनमै समेटियो ।

आसामका लागि रुहिनन्दन पेगुले १७, शिवशंकर रोयले १६ र आकाश सेनगुप्ताले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अनाकामा रन जोड्न सकेनन् । नेपालका लागि युवराज खत्रीले चार विकेट लिए भने बसिर अहमदले तीन विकेट लिंदा कमलसिंह ऐरी, आकाश चन्द र विवेककुमार यादवको समान एक-एक विकेट रह्यो । जारी शृंखलाको तेस्रो खेल शनिबार हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.