राजनीति

“लिपुलेक नेपालको हो भन्ने चीनलाई सम्झाउन नबिर्सनुहोला” : बालेन

भारत र चीनले नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमति गरेपछि नेपालमा व्यापक बिरोध भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण सुरु गर्नुभएको छ ।

बालेन्द्र शाह (बालेन

शनिबार चीन प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओलीले त्यहाँ हुने चिनीयाँ राष्ट्रपति र भारतका प्रधानमन्त्रीसंग हुने भेटवार्तामा लिलुपेकको कुरा गर्न संसददेखि संचार माध्यमसम्मले सुझाव दिएका छन् ।

यसै क्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिंदै चीनलाई लिपुलेक नेपालको भूमि हो भन्ने सम्झाउन सुझाउनुभएको छ ।

शनिबार सामाजिक सुञ्जालमा बालेनले लेख्नुभएको छ, चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु।! नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला।”

नेपाली राष्ट्रियता सवालमा कडा अडान राख्दै आउनुभएका बालेनले यस विषयमा प्रधानमन्त्रीमाथि आफूहरूको पूर्ण विश्वास रहेको समेत बतानुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.