क्रिकेटखेल

आईपीएलमा राजस्थान रोयल्सको मुख्य प्रशिक्षक द्रविडद्वारा पदबाट राजीनामा

इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि राजस्थान रोयल्स क्रिकेटको मुख्य प्रशिक्षक रहेका भारतका महान ब्याट्सम्यान राहुल द्रविडले सो पदबाट राजीनामा दिनुभएको छ ।

राहुल द्रविड

टोली व्यवस्थापनको संरचनागत समीक्षापछि ५२ वर्षीय द्रविडलाई ‘थप विशेष जिम्मेवारी’ को प्रस्ताव गरिएको भएपनि पूर्व भारतीय कप्तानले उक्त प्रस्ताव अस्वीकार गर्नुभएको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ,“मुख्य प्रशिक्षक राहुल द्रविडले आइपिएल २०२६ अघि ‘फ्रेन्चाइजी’मा आफ्नो कार्यकाल समाप्त गर्नुहुनेछ ।”

द्रविड यस वर्षको टी–२० प्रतियोगिताअघि मुख्य प्रशिक्षकको रूपमा टोलीमा आउनुभएको थियो तर राजस्थान प्लेअफमा १० टोलीको तालिकामा निराशाजनक नवौं स्थानमा रहेपछि उहाँको भूमिकाप्रति प्रश्न उठेको थियो।

“राहुल धेरै वर्षदेखि रोयल्सको यात्रामा केन्द्रबिन्दुमा रहँदै आउनुभएको थियो,” आइपिएलको सुरूवाती (पहिलो) विजेता राजस्थान रोयल्सले भनेको छ।

“उहाँको नेतृत्वले खेलाडीहरूको एक पुस्तालाई प्रभावित गरेको छ, टोलीभित्र बलियो मूल्यमान्यताहरू निर्माण गरेको छ, र ‘फ्रेन्चाइज’को संस्कृतिमा अमिट छाप छोडेको छ।”

द्रविड पहिलो पटक सन् २०११ मा राजस्थानमा खेलाडीका रूपमा सामेल हुनुभएको थियो भने सन् २०१२ र २०१३ मा दुई सिजन राजस्थानको कप्तानी गर्नुभएको थियो ।

उहाँले २०१४ मा एक टीम निर्देशकको रूपमा सेवा गर्नुभयो भने त्यसको एक वर्ष पछि संरक्षकको रूपमा सेवा गर्नुभएको थियो । सन् २०१२ मा द्रविडले सन्यास लिनुअघि १६४ टेस्ट म्याचमा १३ हजार २८८ रन बनाउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.