अर्थ

बिहिबार सुनको मूल्य प्रतितोला सात सयले घट्यो

स्थानीय बजारमा बिहिबार पहेलो धातु सुनको मूल्यमा प्रतितोला रु ७०० ले कमी आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबारको तुलनामा रु ७०० ले कमी आई रु ९६ हजार ५०० मा कारोवार भएको छ ।

यस्तै तेजाबी सुनमा समेत प्रतितोला रु ७०० ले कमी आएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ९७ हजार २०० मा कारोवार भएको थियो । बुधबार प्रतितोला रु ९६ हजार ७०० मा कारोवार भएको तेजाबी सुन आज रु ९६ हजारमा कारोवार भएको छ ।

यस्तै चाँदी प्रतितोला रु २० रुपैयाँले घटेर रु एक हजार ३४५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २६५ कारोवार भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.