राजनीति
गृहमन्त्री रमेश लेखकद्वारा राजीनामा
काठमाडौं लगायत देशभर भएको जेनजी आन्दोलनमा सरकारले गरेको दमनका कारण १९ जनाको मृत्यु भएपछि आक्रोश सामन्य पार्न गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुभएको छ ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिनुभएको एक मन्त्रीले जानकारी दिनुभएको छ ।
यसअघि नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने आवाज उठेको थियो । सो बैठकमा उहाँले नैतिकताका आधारमा राजीनामा दिने बताउँदै बालुवाटार जानुभएको थियो





प्रतिक्रिया राख्नुहोस्