जापान

जापानी चिप रसायनमा चीनको शुल्क

चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मङ्गलबारदेखि अस्थायी एन्टि–डम्पिङ शुल्क लगाएको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयले जापानी कम्पनीबाट भएको डम्पिङले चीनको घरेलु उद्योगलाई क्षति पुगेको प्रारम्भिक प्रमाण भेटिएको जनाएको छ ।

अधिकांश जापानी कम्पनीका लागि शुल्क दर ९९.२ प्रतिशत तोकिएको छ भने डेनल सिलेनका लागि ८०.८ प्रतिशत निर्धारण गरिएको छ । गत जनवरीमा सुरु गरिएको अनुसन्धानपछि चीनले यस्तो कदम चालेको हो ।

जापानका मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले चीनको निर्णयप्रति कडा विरोध जनाउँदै उपाय फिर्ता लिन आग्रह गरिएको बताउनुभयो । जापानले चीनका निर्यात नियन्त्रणसम्बन्धी कदमको उचित जवाफ दिने उहाँले बताउनुभयो ।

चीनको यो निर्णय जापान र चीनबीच ताइवानलगायतका विषयमा पछिल्लो समय देखिएको कूटनीतिक मतभेदका बीच आएको हो । चिनियाँ मन्त्रालयले अस्थायी शुल्क कहिलेसम्म कायम रहने वा अन्तिम निर्णय कहिले हुने भन्ने समयसीमा तोकेको छैन । (रासस/एएफपी)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.