अर्थजन सरोकार

वल्र्डलिङ्कद्वारा बाढीपीडितका लागि एक करोड एक लाख सहयोग

इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड एक लाख सहयोग प्रदान गरेको छ ।

वल्र्डलिङ्कका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । उहाँले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले वल्र्डलिङ्कले उक्त रकम प्रदान गरेको बताउनुभयो ।

हालैको बाढीबाट वल्र्डलिङ्कको नेटवर्क तथा पूर्वाधारमा ठूलो क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार कम्पनीले प्रत्यक्ष रूपमा करिब रु तीन करोड ५० लाख बराबरको क्षति भएको जनाएको छ ।

आफ्नै संरचनामा ठूलो क्षति भए पनि कम्पनीले ग्राहक तथा नागरिकलाई इन्टरनेट सेवाबाट लामो समयसम्म वञ्चित हुन नदिन बाढी आएको तीन दिनभित्रै प्रभावित नेटवर्कको पुनःस्थापना गरी सेवा सञ्चालनमा ल्याएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.