एन आर एन न्युज

कोरियाकी जुनु गुरुङले एनआरएनए आइसीसी महिला संयोजकमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)को नयाँ कार्यकाल २०२१–२०२३ को लागि दक्षिण कोरियाकी जुनु गुरुङ महिला संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको छ।

अन्तर्राष्टिय समन्वय समिति एशिया प्रशान्त क्षेत्रको क्षेत्रीय महिला संयोजक(२०१७-२०१९) तथा मानार्थ परिषद सदस्य (२०१९–२०२१) हुदै गैरआवासीय नेपाली संघका विभिन्न जिम्मेवारीमा अनुभव र कार्य दक्षताको आधारमा गुरुङले महिला संयोजक पदको लागि उम्मेद्वारी दिने तयारी गरेको जानकारी दिनुभयो।

एशिया प्रशान्त महिला संयोजक हुँदा एशियाका ९ वटा देशका एनआरएनए एनसीसीहरुमा नै महिला फोरम गठन गरेर सो क्षेत्रमा महिलाहरुलाई सकृय गराउन सफल गुरुङले अब महिला उद्यमशिलताको बिषय लिएर काम गर्ने बताउनु भयो।

एनआरएनए गतिविधीमा सक्रिय जुनु गुरुङले दक्षिण कोरियामा महिलाहरूको संस्था युमन फर युमनको अध्यक्ष तथा कोरियामा स्थापित दर्जनौ संघ संस्थामा आवद्द हुनुहुन्छ। कोरियाको नेपाली समुदायमा सकृय भएका कारण कोरिया सरकारले मानार्थ नागरिक प्रदान गरि सम्मान गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.