जन सरोकार
सङ्खुवासभामा शुक्रबार बिहानसम्म कर्फ्यू
जेनजी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले बिहीबार साँझदेखि कर्फ्यू आदेश जारी गरेको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार लागू गरिएको कर्फ्यू आदेश बिहीबार साँझ ६ः०० बजेदेखि शुक्रबार बिहान ६ः०० बजेसम्म कायम रहनेछ ।
कर्फ्यू अवधिभर निषेधित क्षेत्रमा सभा, जुलुस, प्रदर्शन, भेला वा आवतजावत गर्न पाइने छैन । आदेश उल्लङ्घन गर्नेहरूलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिई कारबाही गर्ने चेतावनी दिइएको छ ।




प्रतिक्रिया राख्नुहोस्