अर्थ
एक हजार सात सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु एक हजार ७०० र चाँदीको मूल्य रु ८५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार ८०० र चाँदीको मूल्य रु चार हजार ६८५ कायम भएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला रु तीन लाख १०० र चाँदीको मूल्य रु चार हजार ६०० कायम थियो ।





प्रतिक्रिया राख्नुहोस्