भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन
भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार ९३ जना सम्पर्कविहीन भएकामा हालसम्म ३० जना सम्पर्कमा आएका छन् । वाँकी ६३ जना अझै सम्पर्कविहीन रहेको उहाँले जानकारी दिनुभयो ।
पातारासी गाउँपालिका मात्रै ४९ जना सम्पर्कविहीन भएका छन् । उनीहरु रसुवाको हाँकुबेँसीबाट बेपत्ता भएको स्थानीय भक्त बुढाले जानकारी दिनुभयो । गाउँपालिकाले बेपत्ता नागरिकका परिवारलाई पहिलो चरणमा राहत उपलब्ध गराएको छ । प्रतिपरिवार रु ४१ हजारका दरले राहत उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो ।
पालिकाको कार्यविधिअनुसार तत्काल रु ३० हजार र सहयोगीले दिएको रु ११ हजार थप गरी सहयोग उपलब्ध गराइएको छ । यस्तै, खाद्यान्न उपलब्ध गराइएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ ।
स्थानीय जङ्गवीर बोहोराको अगुवाइमा सङ्कलित रु पाँच लाख ७७ हजार र पालिकाको रु १४ लाख ७७ गरी रु २० लाख ४७ हजार राहत उपलब्ध भएको गाउँपालिकाले जनाएको छ ।





प्रतिक्रिया राख्नुहोस्