जेनजी प्रदर्शनपछि बिहीबार कारोबार गरेको नेप्से परिसूचकमा दोस्रो नकारात्मक सर्किट ब्रेक लागेको छ । सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ ।
यसअघि कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो नकारात्मक सर्किट ब्रेक लागेर २० मिनेटको लागि स्थगित गरिएको थियो । त्यसपछि पुन: खुलेको सेयर बजारमा फेरि ५ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।
योसँगै ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । दोस्रो सर्किट ब्रेक लागेसंगै नेप्से १३३ अङ्कले घटेर २५३८ मा कायम भएको छ ।




प्रतिक्रिया राख्नुहोस्