अर्थ

तीन हजार छ सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ६०० र चाँदीको मूल्य रु १५० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख तीन हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७७५ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु रु चार हजार ६२५ कायम भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.