राजनीति

प्रतिनिधिसभा विघटन असंवैधानिक, विरोध गर्छौ : कांग्रेस

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै विरोध गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको हो ।

उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै विरोध गर्ने निर्णय गरेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिनुभयो ।

बैठकले निर्वाचन घोषणाको विरुद्धमा नजाने तर, प्रक्रियाबारे प्रश्न उठाउने निर्णय पनि गरेको छ । सहमहामन्त्री उपाध्यायले भन्नुभयो, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक हो । त्यसको विरोध गर्नुपर्छ भन्ने निष्कर्षमा बैठक पुगेको छ ।’

त्यस्तै कांग्रेसले निर्वाचन घोषणापछि अन्तरिम सरकारले राजनीतिक दलहरूसँग छलफल नगरेकोमा आपत्ति जनाएको छ । ‘सरकारले निर्वाचन कसरी गर्ने हो ? राजनीतिक दलसँग अहिलेसम्म छलफल गर्न आवश्यक ठानेको छैन,’ सहमहामन्त्री उपाध्यायले भन्नुभयो, ‘निर्वाचन घोषणाको प्रक्रियाबारे केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्ने निर्णय भएको छ ।’

‍यस्तै बैठकले यस विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.