क्रिकेटखेल

एसियाली खेलकुद क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान पाँच विकेटले पराजित

जापानको नायोगामा जारी २० औं एसियाली खेलकूद अन्तर्गत क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले पहिलो खेलमा आज टेष्ट मान्यता राष्ट्र अफगानिस्तानलाई पराजित गरेको छ ।

जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

पहिले ब्याटिङ गरेको अफगनिस्तानले निर्धारित २० ओभरको खेलमा ७ विकेटको नोक्सानीमा १०२ रन बनाउँदै नेपाललाई जितका लागि १०३ रनको लक्ष्य दिएको थियो । अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए ।

नेपालले सो लक्ष्य सहज रुपमा १७.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए भने रोहित पौडेलले अविजित ३३ तथा दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।

अफगानिस्तानका लागि फेसल शिनोजादाले सर्वाधिक ३३ रन बनाए । नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खरोटेले १७ रन बनाए।

नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ । बिहीबार भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई हराइसकेको थियो ।

नेपालले अब शनिबार जापानसँग खेल्नेछ । समूहबाट शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । क्वाटरफाइनलमा नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीको सामना गर्ने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.