वेस्ट इण्डिजविरुद्धको टी-२० अन्तरराष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले वेस्ट इण्डिज सामू जितको लागि १ सय ४९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा भएको टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए भने कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन जोडे । त्यस्तै गुल्शन झाले २२ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिए लिए भने नविन विदायसीले तीन विकेट लिँदा कप्तान अकिल होसेनको भागमा एक विकेट रह्यो ।
नेपाली क्रिकेट इतिहासमा नेपालले पहिलो पटक दुई पटकको विश्वकप विजेता वेस्ट इण्डिजविरुद्ध खेल्न लगेको हो । नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, नन्दन यादव, करण केसी र ललित राजवंशी छन् ।
आगामी सातादेखि ओमानमा हुने आइसिसी टी-२० एसिया कप क्षेत्रीय छनोटको तयारीस्वरुप नेपालले वेस्ट इण्डिजसँग टी-२० अन्तरराष्ट्रिय खेलको सिरिज खेल्न लागेको हो ।




प्रतिक्रिया राख्नुहोस्