आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध
अर्थ मन्त्रालयले जेनजी आन्दोलनका क्रममा क्षति भएका भौतिक पूर्वाधार पुनर्निर्माण का लागि सहयोग गर्न चाहनेले मन्त्रालयले स्थापना गरेको कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी स्वदेश तथा विदेशमा यस प्रयोजनका लागि सङ्कलित रकम दुरूपयोग हुनबाट रोक्न र पारदर्शी तथा जवाफदेही ढङ्गले परिचालन गर्न सो अनुरोध गरेको हो ।
विज्ञप्तिमा भौतिक पूर्वाधार पुनर्निर्माण कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नं. १९६०१००१०२०७०००४ मा मात्र रकम जम्मा गर्न अनुरोध गरिएको छ ।
सुशासन, सेवा प्रवाहमा सुधार र भ्रष्टाचारमुक्त नेपालको पवित्र माग सहित यहि भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका सहिद परिवारलाई राहत र घाइते व्यक्तिको उपचारका लागि स्वदेश तथा विदेशमा सङ्कलित सहयोग रकम विभिन्न गैर सरकारी संघ संस्थाहरूमा जम्मा भइरहेको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया राख्नुहोस्