जन सरोकार

पाकेटमाराका आफ्नै भाषा र बस्तु अनुसारको ‘कोड’

नेपालीहरुको महान् चाड दशैँ तिहार मनाउन घर फर्कनेहरुको सवारी साधनमा पाकेटमारी हुन सक्ने वा किनमेल गर्न जाँदा पाकेटमारी हुन नदिन परिचालित प्रहरीले २०७ जनालाई पक्राउ गरेको छ ।

भदौ २५ गतेदेखि असोज १५ गतेसम्म यातायात व्यवसायीहरुसँग सहकार्य गरी सादा पोसाकका प्रहरी कर्मचारीहरुलाई सार्वजनिक सवारी साधनमा यात्रा गराई परिचालन गर्दा उनीहरु पक्राउ परेका हुन् ।

त्यस्तै काठमाडौँको रिङरोड बाहिर र भित्री ईलाकामा चल्ने सार्वजनिक यातायात, सपिङ्ग मल, मुख्य बजारहरुमा पाकेटमारी हुन नदिन प्रहरीको व्यापक परिचालन गरिएको छ ।

पकेटमारहरु सार्वजानिक बसमा दुई-दुई जनाको दरले छ जनासम्मको ग्रुप बनाई बस भित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाई अगाडि पछाडिबाट घेराबन्दीमा पारी ठेलमठेलको अवस्था बनाई चोरी गर्ने गरेको प्रहरीले जनाएको छ । पकेटमारले मौका छोपी मोबाईल, नगद र सुनचाँदी पकेटमारी गरी पालोपालो गर्दै ओर्लने गरेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

पैसालाई द, मोबाईल- कान, पकेटमारी पीडित- रामे, पकेटमारी गर्ने (मास्टर)- काशी, पैसा धेरै छ- टानको द, पैसा थोरै छ, जुटको द, गाडी-कांचा, केटा- छापा, केटी-भद्रि, पुलिस आयो ठल्दाई आयो, ड्राईभर- माम, खलासी- मले, गाडीबाट झरेर भाग- टप्की, गाडीभित्र अगाडि सर- अकल जा, गाडी भित्र पछाडि सर- चिछल जा शब्दको प्रयोग गरी पकेटमारीले एक अर्कामा सांकेतिक भाषा प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

विभिन्न स्थानमा सञ्चालित बस तथा माईक्रोबसमा यात्रा गर्ने यात्रु तथा किनमेल गर्न गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोबाईल, गरगहना चोरी गर्ने क्रममा रङ्गे हात तथा पाकेटमारहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.