जन सरोकार
अविरल वर्षाको सर्वाधिक क्षति इलाममा : ३७ जनाको मृत्यु
शनिबार राति अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण सर्वाधिक क्षति इलाममा भएको छ । इलाममा ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ ।
इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सूूर्योदय नगरपालिकामा ५ जना, इलाम नगरपालिका– ६ मा ६ जना, सन्दकपुर गाउँपालिकामा ६ जना, माङ्सेबुुङमा ३ जना, देउमाई नगरपालिकामा ८ जना, माइजोगमाईमा ८ जना र फाकफोकथुममा १ गरी ३७ जनाको ज्यान गएको जानकारी दिनुभयो ।
प्रजिअ नेपालका अनुुसार सन्दकपुरमा दुुई, माईजोगमाईमा एक र इलाम नपा–६ मा एक गरी ४ जना बेपत्ता छन् । मृतकमध्ये ११ को पोष्टमार्टम भइसकेको छ । अन्यको उद्धार र पोष्टमार्टमका लागि इलाम अस्पताल ल्याइँदै गरेको बताइएको छ ।





प्रतिक्रिया राख्नुहोस्