जन सरोकार

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुई जना पक्राउ

प्रहरीले सुनसरीको इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

इनरुवा नगरपालिका–३ सखुवागाछी चोकमा गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रक रोकी जाँच गर्ने क्रममा ८३ वटा बोरामा ‘प्याक’ गरिएको उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो ।

बन्दागोबी बोकेको ट्रकमा लुकाएर लैजाँदै गरेको अवस्थामा सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय चालक राजु राई र १८ वर्षीय सहचालक सन्दीप राईलार्ई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.