जन सरोकार

भन्सार छलीका सामान बरामद

प्रहरीले रु १० लाख छ हजार ७६० बराबरका भन्सार छली गरी ल्याइएका मोबाइल, शृङ्गारका सामान र स्याउ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१४ गण्डकचोकबाट भन्सार छली गरी ल्याइएका विभिन्न कम्पनीका मोबाइल चार थान, कस्मेटिक सामान तथा स्याउ बरामद गरिएको हो । ती सामानको मूल्य रु पाँच लाख ५२ हजार २१० बराबर छ ।

त्यसैगरी, वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट भन्सार छली गरेर ल्याइएको रु चार लाख ५४ हजार ५५० बराबरको शृङ्गारका सामान र स्याउ बरामद गरिएको छ ।

बरामद गरिएका सबै सामान वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.