राजनीति

विद्युत् आपूर्तिमा देखिएको समस्या सम्बोधन गर्न निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत् प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र सेवाग्राहीमैत्री बनाउन निर्देशन दिनुभएको छ ।

विद्युत् आपूर्तिमा समस्या देखिन थालेको भनी देशका विभिन्न ठाउँबाट गुनासा आइरहेको भन्दै ऊर्जामन्त्री घिसिङले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीति तथा कार्यक्रमसहित आमजनताको माग सम्बोधन गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिनुभएको हो ।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक समेत रहनुभएका घिसिङले हालै आएको बाढी, पहिरोले क्षति पुर्याएका संरचनाहरूको तत्काल मर्मतसम्भार गरी विद्युत् सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

ऊर्जामन्त्री घिसिङले भन्नुभयो, “विद्युत् गृहहरूको पूर्ण उपयोग गरी प्रसारण लाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा सञ्चालन गर्न, विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएका मस्र्याङ्दी करिडोरअन्तर्गतको २२० केभी, हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण निर्माणमा विशेष ध्यान दिन तथा आगामी हिउँदयामको विद्युत् व्यवस्थापन गर्नेगरी योजनबद्ध रुपमा नीति तथा कार्यक्रम ल्याउन अब ढिलाइ गर्न भएन ।”

यसै सन्दर्भमा काठमाडौँको स्युचाटारस्थित विद्युत केन्द्रको अनुगमन गर्दै उहाँले मन्त्री देशभरका विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी पहिरोबाट क्षति भएका विद्युत् आयोजनालगायतका विषयमा जानकारी लिनुभएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्था तथा समस्यालगायत विषयमा जानकारी गराउँदै चुस्तदुरुस्त विद्युत् व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यकारी निर्देशक सिलवालले बाढी, पहिरोले क्षति पुर्याएका संरचना मर्मत गरी विद्युत् सेवा चालु गराउने गरी प्राविधिक जनशक्तिसहितको टोली तयारी अवस्थामा राखेको तथा मितव्ययी भई स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै आमजनता एवं सेवाग्राहीको समस्या समाधन गर्ने पक्षमा प्राधिकरण परिवार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.