राजनीति
राष्ट्रपतिसमक्ष दलित आयोग र थारु आयोगको वार्षिक प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोगका अध्यक्ष देवराज विश्वकर्माले सो प्रतिवेदन पेस गर्नुभएको हो ।
यसैगरी राष्ट्रपति पौडेलसमक्ष थारु आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आज आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुले सो प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।





प्रतिक्रिया राख्नुहोस्