उपसभापतिका उम्मेदवार चालिसेद्वारा उम्मेदवारी फिर्ता
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि उपसभापति पदमा उम्मेदवारी दिनुभएका देवराज चालिसेले उम्मेदवारी फिर्ता लिनुभएको छ । चालिसेले उम्मेदवारी फिर्ता लिनुभएको पार्टीको निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जानकारी दिनुभयो ।
‘१५ औ महाअधिवेशनबाट उपसभापति पदमा रहेर पार्टीका लागि काम गर्ने उद्देश्यका साथ मैले उम्मेदवारी दिएको थिए । यसक्रममा देशभरका साथीहरूबाट प्राप्त माया ,विश्वास,समर्थन र हौसला प्रति म ह्रदयदेखि नै आभारी छु । श्रद्धेय पार्टी सभापति गगन कुमार थापाको विशेष आग्रहलाई सम्मान गर्दै मैले आफ्नो मनोनयन फिर्ता गरेको हुँ ‘चालिसेले भन्नुभयो ।
यसअघि मङ्गलबार उहाँले निर्धारित समयमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको थियो । चालिसे हाल कांग्रेसका प्रवक्ता समेत हुनुहुन्छ ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तरगत नयाँ नेतृत्वका लागि आज दिउँसो १ बजे मतदान हुँदैछ ।



प्रतिक्रिया राख्नुहोस्