राजनीति

अध्यक्ष ओलीद्वारा वरिष्ठ नेता भण्डारीलाई शपथ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई शपथ ग्रहण गराउनु भएको भएको छ । बिहीबार पार्टीको स्थायी कमिटी बैठकमा भण्डारीले अध्यक्ष ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ लिनुभएको हो ।

शपथसँगै पूर्वराष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ । शपथ ग्रहणपछि एमाले स्थायी कमिटीको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ । बैठकमा वरिष्ठ नेता भण्डारीसहित स्थायी कमिटीका सदस्यहरू बैठकमा सहभागी हुनुभएको छ ।

पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले सचिवालयलाई छलफल तथा निर्णयका लागि प्रत्यायोजन गरेका विभिन्न ‘एजेन्डा’माथि स्थायी कमिटीको बैठकमा छलफल हुने कार्यसूची रहेको सो पार्टीका प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिनुभयो । ती विषयमा आवश्यक छलफल गरी पार्टीको आगामी कार्यदिशा र निर्णयका सम्बन्धमा बैठकले टुङ्गो लगाउने बताइएको छ ।

केन्द्रीय कमिटी बैठकबाट प्राप्त जिम्मेवारीअनुसार स्थायी कमिटीले पार्टीका साङ्गठनिक तथा समसामयिक विषयमा आवश्यक निर्णय गर्नेछ । बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, सङ्गठन सञ्चालन तथा आगामी कार्ययोजनालगायत विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।

पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकले विभिन्न विषयमा सचिवालयलाई जिम्मेवारी तथा अधिकार प्रत्यायोजन गरेपछि स्थायी कमिटीको यो पहिलो बैठक बसेको हो । बैठकले सचिवालयबाट प्रस्तुत हुने विषयमा छलफल गरी आवश्यक निर्णय गर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.