आम निर्वाचन २०७९

रमेश खरेल काठमाडौं १ मा, रवी लामिछाने चितवन २ मा

मुलुकको संघीय राजधानी रहेको काठमाडौंको प्रमुख निर्वाचन क्षेत्र मानिने १ नं.मा नेपाल प्रहरीका पूर्वडीआईजी एवं नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यो क्षेत्रमा चर्चित नेताहरु नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा एमालेबाट राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम प्रतिस्पर्धामा छन् ।

यसै गरी चर्चित संचारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मनोनयन दर्तापछि लामिछानेले ट्वीट गर्दै विगतमा चितवनले लगाएको गुण तिर्न जीवनभर चितवनको मान्छे बन्न चाहन्छु भन्नुभएको छ ।

उहाँले लेख्नुभएको छ- “एउटा समय यस्तो थियो जब मलाई झुक्याएर राता रात भरतपुर चितवन पुर्याइयो र आधा रातमा हिरासतमा कोचियो।म आँखामा अन्योल बोकेर चितवन आएको थिएँ । अर्को समय आज छ, जहाँ म आफ्नै इच्छाले आँखा भरी सपना बोकेर चितवन नै आएको छु। म चितवनले लगाएको गुण तिर्न चाहन्छु,जीवन भर चितवनको मान्छे बनेर ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.