धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव १२ अङ्कले बढेर दुई हजार ५९९ दशमलव ९३ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३५ अङ्कले बढेर ४७० दशमलव १७ मा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव ४९ अङ्कले बढेर १८० दशमलव ०२ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ८४ अङ्कले बढेर १५८ दशमलव ९७ मा पुगेको छ ।
विभिन्न कम्पनीका एक करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर रु चार अर्ब ७३ करोड ६९ लाख २६ हजार ४०९ मूल्यमा खरिद बिक्री भएको छ ।
तेह्र वटै उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घट्यो । मंगलबार १०४ कम्पनीको सेयर बढ्यो भने १६७ कम्पनीको सेयर घट्यो । त्यसैगरी ७ कम्पनीको सेयर स्थिर रह्यो ।
नेप्सेका अनुसार मंगलबार सगरमाथा जलविद्युत् कम्पनी, नेपाल लाइफ समृद्धि लगानी योजना, एनआईसी एसिया ग्रोथ फण्डलगायत लगानीकर्ताले कमाएका छन् । त्यसैगरी स्नो रिभर्स, धौलागिरी लघुवित्त वित्तीय संस्था र एनआईसी सेलेक्ट फण्ड लगायतका लगानीकर्ताले गुमाएका छन् ।




प्रतिक्रिया राख्नुहोस्