होली काउले जित्यो लण्डनमा ‘बेस्ट रेस्टुरेन्ट’को अवार्ड
दुई दशकदेखि बेलायतको राजधानी लण्डनमा स्वादिष्ट नेपाली तथा भारतीय खानाको लागि चिनिएको ‘होलि काउ’ ग्रुपद्वारा संचालित फाइन डाइन रेस्टुरेन्टले ‘बेस्ट रेस्टुरेन्ट’को अवार्ड जितेको छ।
गत आइतबार बेलुका रेडिङ्गमा आयोजित “इङल्याण्ड बिजनेस अवार्ड्स २०२५” मा प्राप्त भोटका आधारमा उक्त पुरस्कारको घोषणा गरिएको हो ।
मतदाताहरुले गरेको भोट, कम्पनीले तिरेको कर, कर्मचारी संख्या, समुदायमा योगदान लगायतको आधारमा पुरष्कृत व्यवसायहरुको छनोट गरिएको आयोजकले बताएका छन् ।
बेलायतभरका रेस्टुरेन्टहरूबीच आयोजित प्रतिस्पर्द्धामा हजारौँ ग्राहक र समर्थकले आफूलाई मनपर्ने व्यवसायको पक्षमा भोट दिएका थिए।
होली काउले प्राप्त गरेको यो अवार्डले नेपाली उद्यमशीलता र आतिथ्यलाई अन्तरराष्ट्रिय स्तरमा थप उजागर गरेको होली काउ ग्रुपका अध्यक्ष कुल आचार्यले बताउनुभयो ।
उक्त अवार्डबाट आफूहरु अत्यन्तै उत्साहित भएको बताउँदै आचार्यले यो यात्रामा साथ, स्नेह र भोटद्वारा सहयोग गर्ने सबै मित्र, शुभेच्छु र सहयोगीहरूलाई हार्दिक धन्यवाद दिदुभयो ।
आचार्यले यो उपलब्धी नेपाली समुदायको गौरव मात्र नभएर गुणस्तरीय सेवा र स्वादमार्फत बेलायतमा स्थापित नेपाली पहिचानको प्रमाण पनि बनेको बताउनुभयो ।
२० वर्ष पहिले स्थापना गरिएको होली काउ समूह अन्तर्गतका रेस्टुरेन्ट तथा टेक अवेहरुमा झन्डै १ सय २० जना कर्मचारी कार्यरत छन्।



प्रतिक्रिया राख्नुहोस्