विश्वभर सुनमा लगानी बढ्दा मूल्यमा दिनदिनै नयाँ कीर्तिमान
हिजोआज विश्वभर सुनमा लगानी बढिरहेका कारण यसको मूल्यले दिनदिनै नयाँ कीर्तिमान कायम गरिरहेको छ । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रममा आज बुधबार नयाँ कीर्तिमान बनेको छ ।
हिजो मंगलबार सबैभन्दा बढी मूल्य कायम भएको सुन आज त्यसलाई पनि उछिनेको छ । आज तोलामा ४ सय रुपैयाँ बढेर छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अघिल्लो दिनको तुलनामा ४ सय बढी हो । अघिल्लो दिन २ लाख ४८ हजार ५ सयमा कारोबार भएको थियो ।
गत शुक्रबारयता सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महिना सुनको लगानीमा उच्च प्रतिफल देखिएसँगै विश्वभरका ठूला लगानीकर्ताले सुनको माग बढाउँदा मूल्य बढिरहेको छ । विश्वका केन्द्रीय बैंकहरुले कडा रुपमा सुन रोकिरहेका छन् ।




प्रतिक्रिया राख्नुहोस्