प्रबास

इनासको एसिया संयोजकमा गीतकार पाण्डे निर्वाचित

अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास)को एसिया क्षेत्रीय समितिको संयोजकमा गीतकार तथा सञ्चारकर्मी दयाराम पाण्डे निर्वाचित हुनुभएको छ ।

काठमाडौँमा सम्पन्न ‘छैटौँ इनास ग्लोबल महाधिवेशन–२०८२’ बाट गीतकार पाण्डे एसिया संयोजकमा दुई वर्ष (२०२५–२०२७) कार्यकालका लागि निर्विरोध निर्वाचित हुनुभएको हो ।

आफ्नो कार्यकालमा इनासको गतिविधिलाई उपलब्धिमूलक बनाउने नवनिर्वाचित अध्यक्ष पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “संस्थाको भूमिका देखिनेगरी कला र संस्कृति प्रवर्द्धनमा काम गर्नेछु । यसअगाडिका अनुभवले पनि मैले एसिया क्षेत्रमा नेपाली कलाकारिताको प्रवर्द्धनमा थप गति दिनेछु ।”

यसअघि ‘इनास नेपाल’को अध्यक्षको भूमिकामा रहनुभएका पाण्डे नेपाली साहित्य, कला र सांस्कृतिक क्षेत्रमा लामो समयदेखि सक्रिय हुनहुन्छ । सन् २०१२ मा पोल्यान्डमा नेपाली भाषा, साहित्य, कला, संस्कृति, सिनेमा र खेलकुदको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले गठित उक्त संस्था हाल विश्वका ७५ भन्दा बढी राष्ट्रमा फैलिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.