क्रिकेटखेल

अपराजित रहँदै नेपाल बन्यो टी-२० विश्वकप छनोटको एसिया, इष्ट एसिया-प्यासिफिक च्याम्पियन

नेपाल ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफि छनोटको च्याम्पियन बनेको छ । शुक्रबार भएको खेलमा सामोआलाई एक सय २४ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल च्याम्पियन भएको हो ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो ।

नेपालका लागि आसिफले ४१ बलमा सात चौका र चार छक्काको सहयोगमा ६९ रनकोअर्धशतकीय पारी खेले भने यसैगरी दीपेन्द्रले ३३ बलमा चार छक्का र दुई चौकासहित ५३ रन बनाए ।

यस्तै लोकेश बमले १२ बलमा दुई चौका र चारछक्काको मद्दतमा अविजित ३९ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले १२ बलमा समान एक चौका र एक छक्काको मद्दतमा अविजित २१ रन जोड्दा कुशल भुर्तेलले १७ रन बनाए ।

सामाओका लागि ड्यानियल बर्गेस, सौमानी टाई, ड्यारियस भिसर, नुह मिडले समान एक-एक विकेट लिए । दुई सय १२ रनको लक्ष्य लिएर मैदान उत्रेको सामाओले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रनमात्र बनायो ।

सामोआका लागि सिन सोलियाले सर्वाधिक ४० र बेन्जामिन मलाईताले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।नेपालका लागि ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलको भागमा समान एक-एक विकेट रह्यो । प्रतियोगिताबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी-२० विश्वकपमा छनोट भैसकेका छन् ।

टी-२० विश्वकपमा पुगिसकेको नेपाल आज सामोआलाई पाजित गर्दै अपराजित रहँदै च्याम्पियन बनेको हो । समूह चरणमा कुवेत र जापानलाई पराजित गरेको नेपालले सुपर सिक्समा युएई, कतार र ओमानविरुद्ध जित हासिल गरेको थियो । नेपाल पाँच खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रह्यो भने अंक विहिन सामोआ तालिकाको पुछारमा रह्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.