संस्कृति

शुक्र अस्तले दशैंका कर्म रोकिँदैन : पञ्चाङ्ग निर्णायक समिति

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएकै कारण दशैं मनाउन हुँदैन भनी गरिएको प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ ।

शारदीय नवरात्रको विधि प्रत्येक वर्ष आश्विन शुक्ल पक्षमा गरिने वार्षिक नित्य कर्म भएकाले शुक्र वा वृहस्पति अस्त भएर चाड मनाउन फरक नपार्ने समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले राससलाई जानकारी दिनुभयो ।

शुक्र र वृहस्पति अस्त हुँदा नित्य र नैमित्तिक कर्म गर्न शास्त्रीय वचनका आधारमा कुनै बन्देज नभएकाले आम मानिसमा सामाजिक सञ्जालका भरमा भ्रममा नपर्न पनि समितिले आह्वान गरेको छ ।

वृहस्पति र शुक्र अस्तका बेला कुनै कामना राखेर गरिने कर्म गर्न मात्र नहुने शास्त्रीय वचन रहेको छ । सामाजिक सञ्जालमा आएका यस्ता हल्लाका पछि लाग्नुपूर्व यस विषयका जानकार धर्मशास्त्रविद् एवं समितिका पदाधिकारीसँग सरसल्लाह, परामर्श गर्न पनि समितिले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

यही असोज २८ गते बुधबार दिउँसो १३ः४० बजे पश्चिममा अस्त भएका शुक्र कात्तिक ११ गते बुधबार मध्यराति १२ः४९ बजे उदय हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.