अमेरिकाविरुद्धको पहिलो टी-२० आई खेलमा नेपाल विजयी भएको छ । आज बिहान भएको खेलमा नेपालले घरेलु टोली अमेरिकालाई १७ रनले पराजित गरेको छ । जितसंगै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।

अमेरिकाको ग्राण्ड प्रेरी रंगशाला डालसमा भएको खेलमा टस हारेर पहिला ब्याटिङको गरेकोको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ३३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाए भने दीपेन्द्र सिंह ऎरि ले १७ बलमा २ चौका र १ छक्कासहित २८ रन जोडे ।
यी दुईले पाँचौं विकेटका लागि ३८ बलमा ६६ रनको साझेदारी गरेका थिए । त्यस्तै ओपनर आसिफ शेख र अनिल साहले समान २७-२७ रन जोड्दा गुल्सन झाले ११ रकुशल भुर्तेललाई १० रन बनाए ।
अमेरिकाका लागि हरम्रीत सिंह र सौरभ नेत्रवालकर र जसदीप सिंहले समान २-२ विकेट लिए भने विकेट लिए भने अली खान र नोष्थुश केंजिगेको भागमा समान १-१ विकेट रह्यो । नेपालले दिएको १६५ रनको लक्ष्य लिएर मैदान उत्रेको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनायो ।
अमेरिकाका लागि शायनले अविजित रहँदै ६० रनको अर्धशाताकिया पारी केले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै आन्द्रेस गौसले ३० रन जोड्दा मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए भने करण केसी, रिजन ढकाल र गुल्शन झाको भागमा समान १-१ विकेट रह्यो ।
अब नेपालले दोस्रो खेल आगामी आइतबार र तेस्रो तथा अन्तिम खेल सोमबार खेल्नेछ ।
प्रतिक्रिया राख्नुहोस्