एन आर एन न्युज

राष्ट्रिय खेलकुदमा स्वर्णपदक विजेता एनआरएनएका खेलाडीलाई सम्मान

गैरआवासीय नेपाली संघ (एनआरएनए)तर्फबाट ९औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको छ ।

संघको सचिवालयमा प्रतियोगिताको पौडी विधामा स्वर्ण पदक विजेताद्वय एस्ली सापकोटा डंगोल र आशिष सापकोटा डंगोललाई गरिएको हो

गण्डकी प्रदेशको पोखरामा आयोजना गरिएको ९औ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडी प्रतियोगितामा एस्ली सापकोटाले ६ वटा स्वर्ण र आशिष सापकोटा डंगोलले ३ वटा स्वर्ण पदक प्राप्त गरेका थिए ।

स्वर्णपदक विजेता खेलाडीद्वयलाई संघका अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युवा उपाध्यक्षद्वय रोशन थापा र राज रेग्मी र महिला सचिव राधिका गुरुङले प्रमाणपत्र तथा फुलगुच्छा मार्फत स्वागत गरेका थिए । साथै उहाँहरुका आमा र कोचलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा विजेताद्वयले संघको तर्फबाट प्रतियोगितामा भागलिन पाएकोमा गर्व महशुस गर्दै संघ प्रति धन्यवाद प्रकट गरेका थिए । साथै उहाँहरुका प्रशिक्षक र आमाले पनि उनीहरुको जितले गौरान्वित भएको बताउनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा यस कार्यक्रमका सभापति एवं संघका अध्यक्ष डा बद्री केसीले पदक विजेताहरुका साथै उनीहरुका प्रशिक्षक र आमालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले अब आउने प्रतियोगितामा विदेशमा रहेका दोश्रो पुस्ताका ट्यालेन्टेड युवाहरुलाई खोजेर प्रतियोगतामा सहभागीता गराई नेपालको खेलकुद प्रबद्धन सहयोग गर्ने बताउनु भयो ।

साथै उहाँले सम्मान गरिएका खेलाडीहरुलाई आउने ओलिम्पिकमा पनि नेपालको तर्फबाट सहभागीता हुनको लागि शुभकामना व्यक्त गर्नु भयो ।

९ औ राष्ट्रिय प्रतियोगितामा हाल सम्म २३ पदक हासिल गरेकोमा विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक, संघको युवा विभाग लगायत सबै सरोकारवालाहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

यस सम्मान कार्यक्रमको संचालन एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक पारस मणी पोखरेलले गर्नु भएको थियो । यस कार्यक्रममा एनसिसि थाईल्याण्डका अध्यक्ष भविन्द्र बहादुर बस्नेत लगायतका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.